कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने
मेयरसाप डेस्क
|
२०८२ असोज १२ गते ०४:४१
काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यो वर्ष नगर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमसँगै नागरिकहरू शोकमा रहेको र पार्टी कार्यालयमा आगजनी भएको कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
नेपाली कांग्रेसले विसं २०३३ मा बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’का साथ स्वदेश फर्केपछि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन यो चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो ।
Facebook Comments