दशैँ–तिहार र छठ बिदामा पनि अस्पताल सेवा नरोक्न मन्त्रालयको निर्देशन
मेयरसाप डेस्क
|
२०८२ असोज १२ गते ०१:०१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वडादशैँ, तिहार र छठ लगायतका लामो बिदाका दिनहरूमा पनि अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिदाका कारण बिरामीहरूले उपचारका लागि लामो समय कुर्न नपरोस् भन्नका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्घीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ ।
निर्देशनअनुसार, आवश्यक जनशक्ति र स्रोत साधन व्यवस्थित गरी कम्तीमा आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न भनिएको छ । यद्यपि, अत्यावश्यक सेवा, आकस्मिक उपचार र शल्यक्रिया जस्ता सेवा भने सधैंझैँ निरन्तर सञ्चालन हुनेछन् ।
मन्त्रालयले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइतेको उपचारमा स्वास्थ्य संस्थाले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै आगामी चाडपर्वमा समेत निरन्तर सेवा प्रवाह हुनेमा विश्वास व्यक्त गरेको छ ।
Facebook Comments