चुच्चेपाटीको भाटभटेनीमा ७ शव फेला, डीएनएबाट पनि पहिचान गर्न कठिन

User Image मेयरसाप डेस्क | २०८२ असोज १२ गते ०९:०२
Image of https://mayorsap.com/storage/photos/10/68d91a10b88a1.jpg

काठमाडौं । गत भदौ २४ गते चुप्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा भएको आगजनीमा परी ज्यान गुमाएकामध्ये ७ जनाको शव पहिचान गर्न कठिन हुने भएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरी का अनुसार, ती सातवटै शव पूर्णरूपमा जलेर खरानीको अवस्थामा छन् र छुँदा धूलो हुने अवस्थामा छन् ।

डा. चौधरीले अत्यधिक तापका कारण डीएनएका नमुनासमेत नष्ट भएको हुनसक्ने हुँदा डीएनएबाट पहिचान गर्न सम्भव नहुने आशङ्का व्यक्त गरे । यद्यपि, नमुना सङ्कलन गरेर नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ४६ शवमध्ये ३९ जनाको पोस्टमार्टम गरी आफन्तले बुझिसकेका छन्, तर ७ वटा पूर्ण जलेका शवको पहिचान हुन बाँकी छ । 

डा. चौधरीले मानिस हराएको भन्ने जानकारीसमेत नआएको बताएका छन् । यदि डीएनए परीक्षणबाट पनि पहिचान नखुलेमा शव कसको हो भन्ने पत्ता लगाउने कुनै विकल्प बाँकी रहने छैन ।


Facebook Comments