चाडपर्वमा मादक पदार्थ सेवन गरी सवारी नचलाउन एआईजी कार्कीको आग्रह

User Image मेयरसाप डेस्क | २०८२ असोज १२ गते ००:४२
Image of https://mayorsap.com/storage/photos/10/68d9161dcefe8.jpg

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले चाडपर्वको अवसरमा सावधानी अपनाउन र मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन नचलाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

आज आयोजित ‘ट्राफिक वाक’ तथा सुरक्षा सचेतना कार्यक्रममा बोल्दै उनले चाडपर्व सुरु हुनेबित्तिकै मापसे गर्ने प्रवृत्ति सामान्यजस्तै बन्दा दुर्घटना बढेको र धेरैले अकालमा ज्यान गुमाइरहेकोमा गहिरो चिन्ता व्यक्त गरे ।

एआईजी कार्कीले मनोरञ्जनको पर्यायबाचीको रूपमा मादक पदार्थलाई लिनु कदापि उचित नहुने बताए । उनले सबै सवारी चालक, यात्रु र सर्वसाधारणलाई ट्राफिक नियमको पालना गर्न र सुरक्षामा खटिएका ट्राफिक प्रहरीलाई सहयोग गर्न अपिल गरे । 

उनले भने, “सडकमा ट्राफिक प्रहरी तपाईँहरूलाई दुःख दिन होइन, सुरक्षा दिन खटिएका हुन्छन् ।” एआईजी कार्कीले प्रत्येक नागरिकले ट्राफिक सुरक्षालाई आत्मसात् गरी आगामी पुस्तामा सकारात्मक प्रभाव पार्न सक्ने आवश्यकता औँल्याए ।


Facebook Comments