जलविद्युत् आयोजनामा सुरक्षा खतरा, इप्पानद्वारा गृह र ऊर्जामन्त्री गुहार
मेयरसाप डेस्क
|
२०८२ असोज १२ गते २२:०४
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाहरूमा सुरक्षाको खतरा बढेको भन्दै गृह र ऊर्जा तथा जलस्रोत मन्त्रीलाई पत्र लेख्दै सुरक्षाको माग गरेको छ ।
इप्पानका अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरूमा १० प्रतिशत निःशुल्क सेयर माग्ने र अवरोध गर्ने कार्यहरू बढेकाले सरकारसँग लगानीको वातावरण बनाउन आग्रह गरेका छन् ।
विशेष गरी सिन्धुपाल्चोकमा रहेको ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजना विगत १७ दिनदेखि बन्द रहेको पत्रमा उल्लेख छ । ’जेनजी समूह’ का नाममा १० प्रतिशत निःशुल्क सेयर लगायतका माग राखेर विद्युत् गृह बन्द गरिएपछि आयोजनाले दैनिक करिब ९८ लाख रुपैयाँ सहित हालसम्म १६ करोड रुपैयाँभन्दा बढी गुमाएको छ ।
विद्युत् गृह बन्द गरेपछि मर्मत सम्भार र अनुगमनका लागि समेत जान नदिएको घटनाप्रति इप्पानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सिन्धुपाल्चोककै जुगल गाउँपालिकाका स्थानीयबासी को नाममा पनि १० जलविद्युत् आयोजना सँग निःशुल्क सेयर मागिएको र अन्य क्षेत्रमा समेत अवरोध गर्ने क्रम बढेको इप्पानले जनाएको छ ।
Facebook Comments