दशैँ लक्षित सुरक्षा योजना लागू : कास्कीमा ९२३ प्रहरी परिचालन

User Image मेयरसाप डेस्क | २०८२ असोज १२ गते ०५:१७
Image of https://mayorsap.com/storage/photos/10/68d949f678b3f.jpg

गण्डकी । दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले ’चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरेको छ ।

चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न यो योजना कार्यान्वयनका लागि जिल्लाभर ९२३ जना प्रहरी परिचालन गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

नियम विपरीत चर्को भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि कडाइपूर्वक निगरानी र कारबाही गरिनेछ । नियमित सवारीसाधनको जाँच र यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि कुकुरसहितको जाँच, पैदल गस्ती, ग्रामीण गस्ती, पेट्रोलिङ र बजार अनुगमन भइरहेको छ । नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी बढाइएको छ ।

जिल्ला सुरक्षा समितिले समेत चाडपर्वका बेला सवारी आवागमन र यात्रुको सहजताका लागि अनुगमन गरिरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments