जेनजी प्रदर्शन क्षति अवलोकन गर्न मुख्यमन्त्री शाह कैलालीमा

User Image मेयरसाप डेस्क | २०८२ असोज १२ गते ०४:३९
Image of https://mayorsap.com/storage/photos/10/68d94f717fae5.jpeg

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी प्रदर्शनका क्रममा कैलालीका विभिन्न स्थानीय तहमा भएको क्षतिबारे आज गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाको अवलोकन गरेका छन् । 

क्षतिग्रस्त भौतिक संरचनाको अवलोकनपछि घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले पालिकाभरि ८ करोड ५० लाख २५ हजार रुपैयाँको क्षति भएको विवरण मुख्यमन्त्रीलाई जानकारी गराए ।

नगरप्रमुखको कार्यकक्षसहित वडा नं ४, ६, र १२ मा पुनर्निर्माण अत्यावश्यक देखिएको उनले बताए । घोडाघोडीबाहेक गोदावरीमा ९ करोड र गौरीगङ्गामा ७ करोड १२ लाखभन्दा बढीको क्षति भएको तथ्याङ्क लिइएको छ ।

उनले प्रदेश सरकार खर्च कटौतीमा लागेको उल्लेख गर्दै नागरिक सुरक्षा, शान्ति–व्यवस्था र पुनस्र्थापनालाई प्राथमिकता मा राखेर काम गर्ने र प्रभावित नगरपालिकाहरूमा आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए ।


Facebook Comments