प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस
मेयरसाप डेस्क
|
२०८२ असोज १२ गते २३:२१
काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ ।
आज बसेको गृह मन्त्रालयको बढुवा समिति, सचिवालयको बैठकले जनपद प्रहरी समूहतर्फका निम्न चार जना डीआईजीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेमा सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् ।
बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार उहाँहरूलाई बढुवा सिफारिस गरिएको जानकारी दिए ।
Facebook Comments