झापामा चट्याङ लागेर एक महिलाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ असोज १५ गते १९:२४
झापा । झापाको बिर्तामोड नगरपालिका–३ मा आज चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मुसहर बस्ती निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार, आज बिहान ११ः०० बजे वर्षा भइरहेको समयमा खेतमा बाख्रा लिन गएका बेला उनलाई चट्याङ लागेको थियो ।
गम्भीर घाइते भएकी ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
Facebook Comments