राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

User Image मेयरसाप डेस्क | २०८२ असोज १६ गते ०१:२७
Image of https://mayorsap.com/storage/photos/10/68ddff123a03e.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् ।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए ।

विगतमा राष्ट्रपतिबाट बडादसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।


Facebook Comments