दसैंको अवसरमा युवा प्रतीक्षालय रङरोगनमा सक्रिय
मेयरसाप डेस्क
|
२०८२ असोज १६ गते १९:११
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०, झलारीका युवाहरूले दसैँको अवसरमा यात्रु प्रतीक्षालय रङरोगन र मर्मत गर्ने सिर्जनशील कार्य सुरु गरेका छन् ।
स्थानीय व्यवसायी र वन समितिसँग रङ तथा आर्थिक सहयोग जुटाएर युवाहरूले जीर्ण प्रतीक्षालयहरूलाई चिटिक्क पार्ने काम गरिरहेका हुन् । युवा समाजसेवी जेनल विष्टका अनुसार, दसैँको फुर्सदलाई समाजका लागि सिर्जनशील कार्य गर्नमा उपयोग गरिएको हो ।
युवाहरूको यो साझा अभियान अहिले वन समिति र झलारीको नयाँ प्रतीक्षालयमा केन्द्रित छ, जसलाई दसैँपछि नगरपालिकाको पूर्व–पश्चिम राजमार्ग क्षेत्रका सबै प्रतीक्षालयसम्म विस्तार गर्ने योजना छ ।
युवाहरूले प्रतीक्षालयसँगै बजार, धार्मिक क्षेत्र र विद्यालयहरूमा पनि सरसफाइ गर्दै आएका छन् । शुक्लाफाँटा नगरपालिकाका पूर्वनगर प्रमुख दिलबहादुर ऐरले युवाहरूको यो कार्यलाई अनुकरणीय भनेका छन् ।
Facebook Comments