मनाङ–लमजुङ सडकमा रात्रिकालीन यातायातमा रोक
मेयरसाप डेस्क
|
२०८२ असोज १७ गते २२:५६
मनाङ । मनसुन अन्त्य हुने समयमा ठूलो वर्षाको सूचना जारी भएपछि जिल्ला प्रशासन कार्यालय मनाङले मनाङ–लमजुङ सडकमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
आज (असोज १७) देखि असोज २० गतेसम्म सम्भावित बाढीपहिरो र भू–स्खलनको जोखिम लाई मध्यनजर गर्दै यो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।
बेलुका ६ः३० बजेदेखि बिहान ७ बजेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको छ । प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय तहका उद्धार टोली लाई तत्काल परिचालन गर्ने गरी सतर्क अवस्थामा राखिएको छ ।
अनुरोधः मस्र्याङ्दी लगायतका स्थानीय खोलामा पानीको सतह बढ्ने सम्भावना रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र बेंँसीसहर–चामे–खाङ्सार सडकलगायत ग्रामीण सडकमा सवारी चलाउँदा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
Facebook Comments