रातको समय काठमाडौंमा यात्रा नगर्न प्रशासनको आग्रह

User Image मेयरसाप डेस्क | २०८२ असोज १७ गते ००:०२
Image of https://mayorsap.com/storage/photos/10/68df7103c6caa.png

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले भारी वर्षा र विपत्जन्य घटनाको उच्च जोखिमलाई मध्यनजर गर्दै आजदेखि असोज २० गतेसम्म रातको समयमा काठमाडौं आवतजावत नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले एक जरुरी सूचना जारी गर्दै मौसमको प्रतिकूलताका कारण बाढी, पहिरो र भू–क्षय जस्ता विपत्जन्य घटनाहरू घट्न सक्ने सम्भावना रहेकोले अत्यन्त जरुरी नभई उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न आग्रह गरेका छन् ।

आजदेखि असोज २० गते सोमबारसम्म काठमाडौंबाट बाहिरिने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने सबैलाई रातको समयमा यात्रा नगर्न विशेष अनुरोध गरिएको छ ।

विपद्को समयमा तत्काल उद्धार वा सहयोग आवश्यक परेमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न भनिएको छ ।


Facebook Comments