दशैँको दोस्रो दिन पनि टीका थाप्ने क्रम जारी

User Image मेयरसाप डेस्क | २०८२ असोज १७ गते २२:३९
Image of https://mayorsap.com/storage/photos/10/68df9ec03c634.jpg

काठमाडौं । बडादशैँको विजया दशमीपछिको दोस्रो दिन आज पनि काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी छ ।

टीका लगाउन हिँडेका विभिन्न उमेर समूहका मानिसहरूको सङ्ख्या क्रमशः बढ्दै गएको हाम्रा समाचारदाताहरूले बताएका छन् । यस क्रममा निजी सवारी साधनको चाप मुख्य सडक र चोकहरूमा देखिएको छ ।

सार्वजनिक यातायातका साधनहरू पनि भरिभराउ छन् । यद्यपि, केही स्थानमा सार्वजनिक सवारीको लागि लामो प्रतीक्षा गर्नुपरेको यात्रुहरूले गुनासो गरेका छन् । काठमाडौँ उपत्यकाका सडकमा सार्वजनिक सवारीहरू फाट्टफुट्ट मात्रै चलेका छन् ।


Facebook Comments