वर्षाको जोखिमले चोभार गल्छी निरीक्षण, सुरक्षित स्थानमा जान आग्रह

User Image मेयरसाप डेस्क | २०८२ असोज १७ गते ०१:२८
Image of https://mayorsap.com/storage/photos/10/68df9d822b1ed.jpg

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि काठमाडौं उपत्यकामा भारी वर्षाको प्रक्षेपण गरेपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले उपत्यकाको पानी निकास हुने एकमात्र मार्ग चोभार गल्छीको स्थलगत निरीक्षण गरेको छ ।

निरीक्षणपछि प्रजिअ घिमिरेले जनधनको सुरक्षालाई प्राथमिकता दिँदै चोभार गल्छीनजिकैको जोखिमयुक्त क्षेत्रका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न अनुरोध गर्ने बताएका छन् ।

नक्खुसहित काठमाडौं उपत्यकाका खोलानालाको एकमात्र निकास चोभार गल्छी साँघुरो भएकाले हरेक वर्षायाममा नक्खु, कुलेश्वर, बल्खु, थापाथली लगायतका भूभाग डुबानमा पर्ने गर्छन् ।

प्रजिअ घिमिरेले सुरक्षित स्थानमा गएर बस्न र धन सम्पत्तिको सुरक्षा गर्न अनुरोध गर्दै सोबारे प्रहरीले माइकिङ गर्ने जानकारी दिए । गत वर्ष २०८१ असोजमा रेकर्ड ब्रेक वर्षा हुँदा पनि उपत्यकाका २५ स्थानमा बस्तीहरू डुबानमा परेका थिए ।


Facebook Comments