दमौलीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरु
मेयरसाप डेस्क
|
२०८२ असोज १७ गते ०२:०२
दमौली । तनहुँको प्रदेश अस्पताल दमौलीमा विशेषज्ञ चिकित्सक सेवा को व्यवस्था गरिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतबलमा पेट, मुटु तथा छाती, र बालरोग विशेषज्ञ को व्यवस्था गरेसँगै अब स्थानीयले जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।
अस्पतालका प्रमुख डा. परिवर्तन बरालका अनुसार, यसअघि विशेषज्ञ सेवा लिन सर्वसाधारण पोखरा, भरतपुर वा काठमाडौँ जानुपर्ने अवस्था थियो ।
प्रदेश सरकारले दमौली अस्पताललाई ५० शय्यामा विस्तार गर्ने निर्णय गरिसकेको र हाल पद दर्ताको प्रक्रिया अगाडि बढेको डा. बरालले जानकारी दिए ।
गत आर्थिक वर्षमा मात्रै उक्त अस्पतालबाट एक लाख सात हजार ९८३ जनाले स्वास्थ्य सेवा लिएका थिए ।
Facebook Comments