सिन्धुपाल्चोकमा रात्रिकालीन सवारी आवतजावतमा रोक

User Image मेयरसाप डेस्क | २०८२ असोज १७ गते ०२:२३
Image of https://mayorsap.com/storage/photos/10/68dfbc44b0cd3.jpg

सिन्धुपाल्चोक । जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान जारी गरेपछि सम्भावित बाढी–पहिरोको जोखिमलाई दृष्टिगत गर्दै सिन्धुपाल्चोकमा रातको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको बैठकले आज (असोज १७) देखि असोज २० गतेसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म अरनिको राजमार्गसहित जिल्लाका सबै मुख्य तथा सहायक सडकमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासनले नदी किनाराका बस्तीका बासिन्दालाई सुरक्षित रहन अपिल गर्दै स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था र स्वयंसेवकहरूलाई विपद् व्यवस्थापनका लागि पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

दमकल र एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका साधनहरू मात्र सुरक्षित भएर चल्न पाउनेछन् । अवस्था हेरेर अन्य समयमा पनि राजमार्ग आकस्मिक बन्द गर्न सकिने प्रशासनले जनाएको छ ।


Facebook Comments