बस दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

User Image मेयरसाप डेस्क | २०८२ असोज १७ गते २०:०१
Image of https://mayorsap.com/storage/photos/10/68df5d05e1a70.jpg

काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारामा आज भएको यात्रुवाहक बस दुर्घटनाका ६ जना गम्भीर घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका दुई पुरुष र चार महिलालाई थप उपचारका लागि गैरसैनिक प्यारामेडिक्ससहित काठमाडौँ ल्याइएको हो ।

सो दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो भने कूल ४० जना घाइते भएका थिए ।

यसैबीच, नेपाली सेनाले आज कर्णाली नदीको चिसापानी खण्डमा माछा मार्ने क्रममा डुबेका एक व्यक्तिको शव उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।

सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, कैलालीबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा ती व्यक्तिको मृत अवस्थामा फेला पारेको थियो ।


Facebook Comments