भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने उच्च सम्भावना

User Image मेयरसाप डेस्क | २०८२ असोज १७ गते १४:४९
Image of https://mayorsap.com/storage/photos/10/68dff3f00f602.jpg

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले असोज २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षा सँगै सडक अवरुद्ध हुने सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सडक विभागले विशेषगरी मुग्लिङ–नारायणगढ, बीपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, र गल्छी–स्याङ्जा सडक लगायतका क्षेत्रहरूमा पहिरो र बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

यी स्थानहरूमा रातिको समयमा (बेलुकी ८ देखि बिहान ५ बजेसम्म) यात्रा नगर्न विभागले आग्रह गरेको छ ।

विभागका प्रवक्ता प्रभातकुमार झाले अवरुद्ध सडक खण्डहरूमा तत्काल उपकरण परिचालन गरी मर्मत तथा पहिरो हटाउने कार्य अघि बढाइने जानकारी दिए ।

सडक विभागले सम्पूर्ण सडक प्रयोगकर्तालाई सम्भावित अवरोधलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेको छ ।


Facebook Comments