भारी वर्षाका कारण लामो दूरीका यातायात ३ दिनका लागि बन्द
मेयरसाप डेस्क
|
२०८२ असोज १८ गते २३:२५
काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको छ । शुक्रवारबाट निरन्तर भारी वर्षा भइरहेको र अझै २० गतेसम्म वर्षा जारी हुने पूर्वानुमानका कारण सबै जिल्लाबाट चल्ने लामो दूरी र काठमाडौं भित्रिने/बाहिरिने लामो दूरीका यातायात बन्द गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बन्द गरिएको जनाएको छ । असोज १८, १९ र २० गतेका लागि सवारीसाधान आवतजावत बन्द गरिएको प्राधिकरणले जनाएको छ ।

Facebook Comments