काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनमा ३ दिनसम्म रोक
मेयरसाप डेस्क
|
२०८२ असोज १८ गते २१:३०
काठमाडौं । सरकारले निरन्तरको भारी वर्षा र यात्रा जोखिम लाई ध्यानमा राख्दै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवागमनमा ३ दिनसम्म रोक लगाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद् कार्यप्रमुख रामबहादुर केसीले राजमार्गहरूमा जोखिम बढेकाले उपत्यका प्रवेश र निकास पूर्णरूपमा बन्द गरिएको जानकारी दिएका छन् ।
प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि वर्षालाई कारण देखाउँदै यो निर्णय गरिएको उल्लेख छ ।
Facebook Comments