मनसुनजन्य विपद्बाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो

User Image मेयरसाप डेस्क | २०८२ असोज २० गते ०२:३८
Image of https://mayorsap.com/storage/photos/10/68e3a7a92153f.jfif

काठमाडौँ । असोज १७ गते शुक्रबार रातिदेखिको वर्षाले देशभर ६० जनाको निधन भएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

निधन हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको निधन भएको उनले बताए। 

यसैगरी पाँचथरमा पुरुष तीन, महिला चार र नाबालक एक गरी आठ जनाको निधन भएको छ । उदयुपुरमा महिला दुई र नाबालक एक गरी तीन, खोटाङमा पुरुष दुई र सुनसरीमा एक जना पुरुषको निधन भएको छ । 

रौतहटमा एक महिला र दुई नाबालक गरी तीन जना, मोरङ, सिन्धुली र महोत्तरीमा एक÷एक जना महिलाको निधन भएको छ । यस्तै, सिन्धुपाल्चोकमा एक नाबालकको ज्यान गएको छ भने काभ्रेपाञ्चोकमा दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ । 


Facebook Comments