जेन–जी आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
मेयरसाप डेस्क
|
२०८२ असोज २२ गते ०६:१८
काठमाडौं । जेन–जी आन्दोलनका कारण निजी निवास, कार्यालय, शोरुम र कारखानाहरूमा ठूलो भौतिक क्षति व्यहोरेको चौधरी ग्रुप (सीजी)ले आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ ।
सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत यो आफूहरूको गहिरो कर्तव्य र श्रद्धा भएको बताएका छन् ।
आन्दोलनको क्षतिले पीडा दिए पनि दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेको र आशा, सहानुभूति र सम्मानसहित यो देशको सुन्दर भविष्य निर्माण गर्ने उनले उल्लेख गरे ।
रोजगारीका लागि शहीद परिवारका सदस्यलाई चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई (९८५१२२४०००) सम्पर्क गर्न अनुरोध गरिएको छ ।
Facebook Comments