पाँचखालमा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते
मेयरसाप डेस्क
|
२०८२ असोज २२ गते ०४:५५
काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–६, दुलालथोकमा बस र ट्रक एक आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बा२ख ६५७९ नम्बरको बसले सोही दिशा (बाह्रबिसेतर्फ) जाँदै गरेको सडक विभागको बा५ख ६८३ नम्बरको आइचर ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करपछि ट्रक अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको थियो ।
प्रहरीका अनुसार, दुर्घटनामा ट्रकका ६ जना र बसका २ जना गरी कुल ८ जना घाइते भएका छन् । ट्रकमा सवार रेशम थापा, लाइतलाल तामाङ र लालबहादुर राई गम्भीर घाइते भएका छन् ।
घाइतेहरूको तत्काल उद्धार गरी पाँचखाल आधारभूत अस्पतालमा सामान्य उपचारपछि धुलिखेल हस्पिटल पठाइएको छ । बस चालकलाई पाँचखाल प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments