माइतीघर–बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता
मेयरसाप डेस्क
|
२०८२ असोज २३ गते ०५:५०
काठमाडौं । जेन–जी आन्दोलनका अगुवा र नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु बीच एक–अर्काविरुद्ध जाहेरी दिने क्रम बढेसँगै माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यी क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
जेन–जी समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएको थियो भने, त्यसको काउन्टरमा अनेरास्ववियुले मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङ विरुद्ध जाहेरी दिएको छ । प्रहरीले दुवै पक्षका जाहेरीलाई उच्चस्तरीय जाँचबुझ आयोगमा पठाउने तयारी गरिरहेको छ ।
एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिने र माइतीघरमा ब्यानर हटाएर अर्को ब्यानर राख्ने प्रयास भएपछि सुरक्षा चुनौती बढेको भन्दै अहिले माइतीघर–बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।
Facebook Comments