सिंहदरबार जल्दा विजयी पोज दिने अभियन्ता बम भन्छिन्– ‘कारबाही मबाटै सुरु होस्’
मेयरसाप डेस्क
|
२०८२ असोज २३ गते ००:३१
काठमाडौं । चर्चित जेन–जी अभियन्ता रक्षा बम गत भदौ २४ गते सिंहदरबारमा आगजनी हुँदा त्यसको अगाडि ‘हाम्रो खुन बगाइस्, देखिस् तेरो पतन !’ भन्ने क्याप्सनसहित विजयी पोजमा तस्बिर सार्वजनिक गरेपछि विवादमा तानिएकी छन् ।
जलिरहेको सिंहदरबारको गेटअगाडि दुवै हात माथि उठाएर खुसी मनाइरहेको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । विवाद बढेपछि भिडिओ सन्देशमार्फत उनले तस्बिरबारे प्रष्टीकरण दिएकी छन् ।
उनले सिंहदरबार जल्दा खुसीको अनुभूति गरेको स्वीकार्दै भनिन्, ‘सेप्टेम्बर ८ को व्यवहारको आक्रोशमा भोलिपल्ट सडकमा आएका थियौं । प्रधानमन्त्रीको राजीनामा मागीरहेका थियौं । पछि प्रधानमन्त्रीको पनि राजीनामा आयो । सिंहदरबार राज्यको प्रतीक भएकाले ‘हामीले जित्यौँ’ भन्ने बिम्बस्वरुप जितको खुसी मनाएर तस्बिर राखेको हो ।’
उनले यो घटनाको राजनीतिक दृष्टिकोणले अनुसन्धान हुनुपर्ने र फौजदारी कसुरमा कारबाही भोग्न तयार रहेको बताइन् । ‘सुरुवात मबाटै हुनुपर्ने हो भने म पनि तयार छु,’ उनले भनेकी छन् ।
साथै उनले राष्ट्रिय सम्पत्ति जलाउनेरू र जेन–जी आन्दोलनमा गोली दाग्नेहरूलाई पनि अनुसन्धान गर्नुपर्ने माग राखेकी छन् ।
Facebook Comments