माइतीघरबाट निकोलस भुसालसहित ३ जना पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ असोज २३ गते ००:५९
Image of https://mayorsap.com/storage/photos/10/68e75317c81a5.jpg

काठमाडौं । जेन–जी आन्दोलनका अगुवा डा. निकोलस भुसाल माइतीघर मण्डलामा प्रदर्शन गर्ने प्रयास गर्दा पक्राउ परेका छन् ।

जेन–जीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित कुल ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालयले यसअघि नै माइतीघर मण्डला लगायतका क्षेत्रमा धर्ना, जुलुस वा प्रदर्शन गर्न निषेध गरेको थियो । सोही आदेशअनुसार बाक्लो रूपमा प्रहरी परिचालन गरी कसैलाई पनि हुल बाँधेर उभिन वा प्रदर्शन गर्न दिएको छैन ।

जेन–जी आन्दोलन सुरु भएको एक महिना पूरा हुँदा पनि माग सम्बोधन नभएको भन्दै उनको समूहले विरोध प्रदर्शनको आयोजना गरेको थियो ।


Facebook Comments