तीन प्रदेशका ९ मुख्य राजमार्ग बाढी–पहिरोले पूर्ण अवरुद्ध

User Image मेयरसाप डेस्क | २०८२ असोज २३ गते ०१:२७
Image of https://mayorsap.com/storage/photos/10/68e754b4be19c.jpg

काठमाडौं । देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढिपहिरो जाँदा तीन प्रदेशका ९ वटा मुख्य राजमार्ग अवरुद्ध भएको छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार वर्षाका कारण कोशी, बागमती र कर्णाली प्रदेशका ९ राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणखोलास्थित कोशी राजमार्ग र सोही जिल्लाको मकालु गाउँपालिका–३ एकुवास्थित कोशी राजमार्ग अवरुद्ध भएका छन् ।

यस्तै बाढीपहिरोलो इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग र पाँचथरको पाँचथर तुम्बेवा गाउँपालिका–२ नावाखोलास्थित तमोर करिडोरसमेत अवरुद्ध भएको प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यसैगरी रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित पासाङ ल्हामु सडकखण्ड, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोलास्थित वीपी राजमार्ग र सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकस्थित वीपी राजमार्गसमेत अवरुद्ध भएको छ ।

यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका–५ कुरिल्लास्थित कर्णाली करिडोर र कालिकोटको पचालझरना गाउँपालिका–८ जुगेनीखोलास्थित कर्णाली करिडोरसमेत पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले बताए ।

वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–१ स्थित कोशी लोकमार्ग, मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवाखोलास्थित कान्ति लोकपथ सडक र मकवानपुरकै वकैया गाउँपालिका–११ घटटेपाखास्थित कान्ति लोकपथ एकतर्फीरुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।


Facebook Comments