कर्णाली नदी किनारमा बेवारिसे युवतीको श*व फेला

User Image मेयरसाप डेस्क | २०८२ असोज २३ गते ०७:१३
Image of https://mayorsap.com/storage/photos/10/68e76038d7922.jpg

हुम्ला । बाजुराको हिमाली गाउँपालिका धुलाचौर नजिकै कर्णाली नदीको किनारमा एक युवतीको बेवारिसे शव फेला परेको छ ।

बुधबार बिहान मुगु जाने बेलिब्रिज पुलनजिक झुगला भन्ने स्थानमा शव भेटिएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

प्रहरीले यो शव असोज १० गते सामाजिक सञ्जालमा स्टाटस लेखेर घरबाट सम्पर्कविहीन भएकी चंखेली गाउँपालिका–४ की २३ वर्षीया कर्मा बोहोराको हुनसक्ने आशंकामा अनुसन्धान थालेको छ ।

प्रहरीले शवको पहिचान र मृत्युको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको छ ।


Facebook Comments