उपसभापति खड्काको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक

User Image मेयरसाप डेस्क | २०८२ असोज २३ गते ०५:५५
Image of https://mayorsap.com/storage/photos/10/68e776640ee73.jpg

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा बैठकमा अनुपस्थित भएपछि उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक सुरु भएको हो ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार, बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरू तय गर्नेछ । इतर समूहका नेता डा. शेखर कोइराला पनि बैठकमा सहभागी छन् ।

भदौ २४ गते जेनजी आन्दोलनकारीहरूबाट आफ्नै निवास बुढानीलकण्ठमा कुटपिट हुँदा सभापति देउवाको गर्दनमा गहिरो चोट लागेको थियो ।

नेताहरूका अनुसार १२ टाँका लगाइएको सो घाउ पूर्ण रूपमा निको नभएकाले उनी बैठकमा उपस्थित नभएका हुन् ।


Facebook Comments