सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्रीले गरे छलफल
मेयरसाप डेस्क
|
२०८२ असोज २३ गते २१:५३
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको पछिल्लो राजनीतिक र सुरक्षा अवस्थाबारे जानकारी लिन तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा नेपाल प्रहरीका प्रमुख (आईजीपी) चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।
गृहमन्त्री अर्यालले छलफलका क्रममा हालैका राजनीतिक घटनाक्रमहरू र मुलुकभरको विपद् व्यवस्थापनसम्बन्धी तयारी तथा अवस्था बारे विस्तृत जानकारी लिनुभएको गृह मन्त्रालयले जनाएको छ ।
Facebook Comments