पूर्व उपकुलपतिसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मेयरसाप डेस्क
|
२०८२ असोज २३ गते ०८:२४
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम गुणस्तरको एमआरआई मेसिन खरिदमा अनियमितता गरेको आरोपमा तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै उनीहरूमाथि १२ करोड ७ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोप लगाएको छ ।
तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारी, कामु रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शदर भण्डारी र त्रिवि शिक्षण अस्पतालका बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरीविरुद्ध मुद्दा दायर गरिएको हो ।
लुम्बिनी हेल्थकेयर प्रालि तथा उक्त कम्पनीका अध्यक्ष पोष्टराज ज्ञवाली विरुद्ध पनि मुद्दा दायर भएको छ । अख्तियारले सबै आरोपितविरुद्ध कैद र बिगो जरिवानासहितको सजाय मागदाबी गरेको छ ।
Facebook Comments