नेपाल प्रहरीका ८०० भन्दा बढी हतियार अझै बेपत्ता

User Image मेयरसाप डेस्क | २०८२ असोज २३ गते ००:३२
Image of https://mayorsap.com/storage/photos/10/68e7789c94006.jpg

काठमाडौं । गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका क्रममा नेपाल प्रहरीका लुटिएकामध्ये ८०० भन्दा बढी साना–ठूला हतियार अझैसम्म बेपत्ता रहेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार, प्रदर्शनकारीले प्रहरी कार्यालयहरू तोडफोड र आगजनी गर्दै १,१०० भन्दा बढी हतियार लुटपाट गरेका थिए । जसमध्ये ३०० भन्दा बढी हतियार मात्र अहिलेसम्म फिर्ता वा बरामद भएका छन् ।

लुटिएका हतियार बरामद नहुँदा सुरक्षा चुनौती बढ्दो छ र कतिपय सुरक्षाकर्मीहरू हतियारविहीन हुनुपर्ने अवस्था आएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले हतियारको खोजीका लागि समिति नै बनाएर काम भइरहेको जानकारी दिए ।

प्रदर्शनका क्रममा प्रहरीलाई आत्मसमर्पण गर्न लगाएर बर्दी र हतियार फुकाल्न लगाउने काम भएको थियो । आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जका दुई र प्रहरी प्रभाग कोटेश्वरका एक गरी तीन प्रहरीले ज्यान गुमाएका थिए ।


Facebook Comments