जेन–जी छानबिन आयोग स्वीकार नगर्ने ओलीको घोषणा
मेयरसाप डेस्क
|
२०८२ असोज २३ गते १९:५५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा सरकारी दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग र त्यसको प्रतिवेदन अस्वीकार्य हुने बताएका छन् ।
भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा ओलीले उक्त आयोगलाई ‘नक्कली आयोग’ को संज्ञा दिँदै यसले दिने प्रतिवेदन एमालेले नस्वीकार्ने चेतावनी दिए ।
ओलीले आयोगका अध्यक्ष कार्कीमाथि प्रश्न उठाउँदै भने, ‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरूको आयोग बनाएर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनको आधारमा अगाडि बढे भन्ने नाटक गर्ने। यस्ता नाटक नेकपा एमालेलाई मञ्जुर छैन ।’
अध्यक्ष ओलीले आयोगमा राखिनुअघि नै प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउँदै, “एउटा मान्छे अहिलेको अहिले विरोधीबाट निष्पक्ष हुन संभव छ?“ भनी प्रश्न गरे ।
एमालेले आयोगका अध्यक्ष कार्कीले जेनजी विद्रोहका क्रममा सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर असन्तुष्टि जनाउँदै आएको छ ।
Facebook Comments