तिहार लगत्तै देशभर ‘सद्भाव यात्रा’ गर्ने रास्वपाको तयारी

User Image मेयरसाप डेस्क | २०८२ असोज २४ गते १९:१४
Image of https://mayorsap.com/storage/photos/10/68e89c557b831.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाजमा बढेको द्वन्द्व र अविश्वास कम गर्न तथा मानिसहरूबीच सद्भाव कायम गर्न देशभर तीन चरणमा सद्भाव यात्रा गर्ने भएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार तिहार लगत्तै हिमाल, पहाड र तराईमा यो अभियान सुरु हुनेछ । आज (शुक्रबार) बिहान ११ बजे बस्ने सचिवालय बैठकले सद्भाव यात्राको मिति तय गर्नेछ ।

प्रवक्ता झाका अनुसार आन्दोलनका क्रममा छिमेकीकै घर नजोगाउने तथा रिस र प्रतिशोधको भावना बढेको अवस्था देखिएकाले मानिसहरूबीच एकअर्काप्रति सद्भाव नखलबलियोस् भन्ने नै यात्राको मुख्य उद्देश्य हो ।

सद्भाव यात्रामा रास्वपाका नेता तथा कार्यकर्ताहरू समाजमा गएर मानिसहरूसँग भेट्ने, चिया चौतारीमा कुरा गर्ने र उनीहरूको मनोभाव बुझ्नेछन् । 

यस क्रममा पार्टीले जेनजीले उठाएका विषयहरू सदनमा उठाएको तर संख्याको कारणले धेरै गर्न नसकेको सन्देश पनि जनतासामु पुर्याउने जनाएको छ ।


Facebook Comments