ओली निवास गुण्डुमा एमाले सचिवालय बैठक जारी

User Image मेयरसाप डेस्क | २०८२ असोज २४ गते १९:१५
Image of https://mayorsap.com/storage/photos/10/68e8abc332c9d.jpg

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा सुरु भएको छ ।

बैठकमा मुख्यगरी समसामयिक राजनीतिक परिस्थिति र पार्टीका आन्तरिक विषयमा छलफल केन्द्रित हुनेछ । विशेषगरी जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डाहरूबारे छलफल हुनेछ ।

अध्यक्ष ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग गरेकाे भर्चुअल बैठकको जानकारी गराउने जनाइएको छ । बैठकमा वर्तमान सरकारले लिन सक्ने कदम र निर्वाचनको सम्भावनाबारे पनि छलफल हुनेछ ।

अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको र विघटित प्रतिनिधि सभा पुनस्र्थापनाका लागि पार्टीले पहल गर्ने अडान दोहोर्याएका छन् ।


Facebook Comments