दमकमा एक पुरुषको श*व नालीमा फेला
मेयरसाप डेस्क
|
२०८२ असोज २४ गते ०३:३०
दमक । झापाको दमक नगरपालिका–७ पशुहाटस्थित नालीभित्र आज (शुक्रबार) एक पुरुषको शव फेला परेको छ ।
गाईवस्तुले पानी खाने नालीभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक अन्दाजी ५५ वर्षका रहेका छन्, तर उनको पहिचान खुल्न सकेको छैन ।
प्रहरीका अनुसार मृतकको दाहिने गालामा धारिलो हतियारको गहिरो घाउ रहेको पाइएको छ । हत्याको आशंकामा प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ ।
Facebook Comments