मालपोत कार्यालय कलंकीमा अत्यावश्यक सेवा सुरु
मेयरसाप डेस्क
|
२०८२ असोज २६ गते ०५:५८
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड ले क्षतिग्रस्त बनेको मालपोत कार्यालय, कलंकीले आज (आइतबार) देखि अत्यावश्यक रोक्का र फुकुवा सम्बन्धी सेवा मात्र सञ्चालनमा ल्याएको छ ।
भदौ २३ र २४ गतेको प्रदर्शनका कारण कार्यालयको सम्पूर्ण सेवा प्रवाह बन्द भएको थियो। कार्यालय प्रमुख रबिन ढकालका अनुसार आगलागीले कलंकी कार्यालयको मात्रै रोक्का र थैलीसहित साढे २ लाख जग्गाको स्रेस्ता जलेर नष्ट भएको थियो ।
भुइँतल्ला र पहिलो तल्ला जोखिममा रहेकाले हाल कार्यालयको दोस्रो, तेस्रो र चौथो तल्लाबाट सीमित सेवा सुचारू गरिएको छ । कार्यालयले सम्पूर्ण सेवा सञ्चालन हुन नसकेकाले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।
Facebook Comments