प्रोस्टेट ग्रन्थीको परीक्षण गर्न पूर्वराजा शाह अस्पतालमा

User Image मेयरसाप डेस्क | २०८२ असोज २६ गते २१:००
Image of https://mayorsap.com/storage/photos/10/68eb632b6f195.jpg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार परिवारसहित धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पुगेर नियमित स्वास्थ्य परीक्षण गराएका छन् ।

अस्पताल स्रोतका अनुसार, पूर्वराजा शाहको प्रोस्टेट बायोप्सी (Prostate Biopsy) को परीक्षण गरिएको हो । यो परीक्षणको रिपोर्ट ५ दिनपछि आउनेछ ।

प्रोस्टेट पुरुषहरूमा मात्र हुने ग्रन्थी हो, जुन पिसाब थैलीको मुनि र मूत्रनलीको वरिपरि रहेको हुन्छ । उमेर बढ्दै जाँदा यो ग्रन्थी अस्वभाविक रूपमा बढ्न थालेमा मूत्रसम्बन्धी समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन् ।

यो नियमित स्वास्थ्य परीक्षणको सिलसिलामा गरिएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।


Facebook Comments