सेनाले भन्यो–जेनजी आन्दोलनमा हेलिकप्टरबाट ६१ जना भीआईपीको उद्धार गर्यौं

सर्वोच्च अदालतको आगो भोलिपल्टै निभेको दाबी

User Image मेयरसाप डेस्क | २०८२ असोज ३१ गते १४:१४
Image of https://mayorsap.com/storage/photos/10/68f22389584e1.PNG

काठमाडामैं । नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ६१ जना भीआईपी र तिनका परिवारको हेलिकप्टरबाट उद्धार गरेको जनाएको छ । सेनाले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । 

त्यसैगरी सेनाले २३ जना प्रहरीको पनि हेलिकप्टरबाटै उद्धार गरेको जनाएको छ । सेनाले विभिन्न ढंगले फसेका थप १२९ जनालाई जमिनबाट सुरक्षित उद्धार गरिएको जनाएको छ । 

नेपाली सेनाले जेनजी विद्रोहका क्रममा कुल ७६ मध्ये २२ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ । बाँकी मृतकमा ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेको सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जानकारी दिए । 

देशभरका ४८४ स्थानमा भएको आन्दोलनमा ६८८ वटा सरकारी कार्यालय, २५९ वटा निजी निवास, १२८ वटा व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालय, ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । यस्तै आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकामा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाले जनाएको छ ।

सेनाले आन्दोलनकै क्रममा ९७८ थान हतियार हराएकोमा ५८६ वटा फिर्ता गराइएको पनि उल्लेख गरेको छ ।

 


Facebook Comments