ओली भन्छन्– ‘सत्य बोल्ने बानी छ, त्यसलाई अहंकार नभनौं’
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २ गते २२:३१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेका कुरालाई दम्भ वा अहंकारको रूपमा नबुझ्न आग्रह गरेका छन् । सम्पादकहरूसँगको संवादमा उनले भने, ‘सत्य बोल्ने मेरो बानी छ, त्यसलाई अहंकार नभनौं ।’
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई तीन भागमा हेर्नुपर्ने बताउँदै ओलीले जेनजीहरूलाई ’भ्रममा पारेर विरोध प्रदर्शनका लागि तयार पारिएको’ दाबी गरे । उनका अनुसार जेनजी युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासन र रोकिएका सामाजिक सञ्जाल खुला गर्नुपर्ने जस्ता माग मात्रै राखेका थिए ।
उनले जेनजीहरूले आन्दोलनमा प्रधानमन्त्रीको राजीनामाको माग नै नराखेको स्पष्ट पारे । ओलीले अशान्ति र हिंसा भड्काउने वातावरण बनाउनेहरूले आत्मालोचना गर्नुपर्ने भन्दै सम्पादकहरूलाई समेत अप्रत्यक्ष रूपमा इंगित गरे ।
Facebook Comments