माओवादी केन्द्रसहित ९ दलको एकतापछि बन्ने पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’

चुनाव चिन्ह पाँचकुने तारा

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक १८ गते १८:४७
Image of https://mayorsap.com/storage/photos/shares/parchanda.jpeg

काठमाडौं। नेकपा माओवादी केन्द्रसहित ९ दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ । आज प्रज्ञाभवन कमलादीमा जारी माओवादीको महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन् । 

आइतबार माओवादी, नेकपा एकीकृत समाजवादी लगायत आठ दलबीच १८ बुँदे सहमति भएको थियो । पार्टीको नाम उल्लेख थिएन । भोलि भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरी एकता घोषणा हुँदैछ । 

चुनाव चिन्ह भने पाँचकुने तारा रहने बताइएको छ ।

प्रचण्डले एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावललाई समेत एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको बताएका छन् । उनले यो एकताले समाजवादी क्रान्तिको युगतिर  लैजाने युगिन पहल भएको बताएका छन् । 


Facebook Comments