पोखरा सहकारीमा ८९ करोड हिनामिना, अध्यक्षसहित ७ जना पक्राउ
पोखरा सहकारी ठगी प्रकरण
मेयरसाप डेस्क
|
२०८२ कार्तिक १९ गते ०३:३१
पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको झन्डै ८९ करोड रुपैयाँ ठूलो रकम हिनामिना भएको पाइएको छ । यस ठगी प्रकरणमा संलग्न भएको आरोपमा कास्की प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र गोदारसहित ७ जनालाई पक्राउ गरेको छ ।
वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनले संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारीहरूले मिलेमतोमा व्यक्तिगत स्वार्थअनुसार रकम दुरुपयोग गरेको पुष्टि गरेको छ ।
प्रहरीले सहकारीका अध्यक्ष गोदार, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङसहित सदस्य दोर्जे तामाङ र सुपरभाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएको छ ।
कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार, पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।
Facebook Comments