नेकपाको औपचारिक घोषणा, प्रचण्ड संयोजक र माधव सह–संयोजक
कम्युनिस्ट घटकको बृहत् एकता घोषणा
मेयरसाप डेस्क
|
२०८२ कार्तिक १९ गते ०४:३२
काठमाडौं । नेपालमा वामपन्थी शक्तिहरूको ध्रुवीकरण गर्दै आज (बुधबार) नेपाली कम्युनिस्ट पार्टीको औपचारिक घोषणा गरिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित राष्ट्रिय एकता सम्मेलनकाबीच विभिन्न कम्युनिस्ट घटकहरू सम्मिलित यो नयाँ पार्टी सार्वजनिक गरिएको हो ।
नयाँ एकीकृत पार्टीको नेतृत्वका लागि महत्त्वपूर्ण निर्णय लिइएको छ । सम्मेलनमा नेता महेन्द्रराय यादवले प्रस्तुत गरेको प्रस्ताव हलबाट सर्वसम्मतिले पारित भएको छ ।
संयोजकमा पुष्पकमल दाहाल ’प्रचण्ड’लाई तोकिएको छ, भने सह–संयोजकमा माधवकुमार नेपाललाई तोकिएको छ । यो एकतालाई नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा नयाँ अध्यायका रूपमा हेरिएको छ ।
Facebook Comments