मधेश प्रदेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिंदै
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २२ गते ०५:५८
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको सर्मथनमा सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्रीले विश्वास मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । १०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना सदस्य कायम रहेका छन् ।
मुख्यमन्त्री सोनलसंग जसपा नेपालका १८ जना, जनमत पार्टीका ११ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एसका ७ जना, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ जना सांसदको समर्थन रहेको छ । सरकारलाई विश्वासको मत कायम राख्न ५४ सिट आवश्यक छ ।
Facebook Comments