नेपाल ट्रस्टका तत्कालीन सहसचिव पक्राउ, सीआईबीले सुरु गर्याे अनुसन्धान

संस्थालाई नोक्सानी हुने गरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोप

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २२ गते ०५:५६
Image of https://mayorsap.com/storage/photos/shares/trust5.PNG

काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन् । नेपाल प्रहरीले कार्कीलाई शुक्रबार चितवनबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता बारे अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । 

संस्थालाई नोक्सानी हुने गरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । ६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन् । 


Facebook Comments