त्रिभुवन विमानस्थलको धावनमार्गको लाइटमा समस्या हुँदा उडान अवरुद्ध
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २२ गते २०:०७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लाइटमा समस्या आएको कारण आज उडान अवरुद्ध भएको छ । साँझ ५ः३० बजेदेखि धावनमार्गको लाइटिङ सिस्टम बिग्रिँदा उडान अवरुद्ध भएको हो ।
उडान अवरुद्ध हुँदा जहाज होल्डमा राखिएका छन् । विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान र अवतरण रोकिएको छ । अहिले रनवे लाइटिङ प्रणाली मर्मत भइरहेको छ ।
Facebook Comments