सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २२ गते २०:४९
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ४ घण्टापछि सञ्चालनमा आएको छ। धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा आज बेलुका ५ः३० बजेदेखि समस्या आएको थियो। उक्त प्रणाली मर्मत भएपछि अहिले ९ः५० मा विमानस्थल सुचारु भएको विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पालेले जानकारी दिए ।
विमानस्थल सुचारु भएपछि नेपाल नेपाल एयरलाइन्सको जहाज ल्यान्ड भएको छ । विमानस्थल अवरुद्ध हुँदा केही जहाज आकाशमा ‘होल्ड’ भएका थिए भने केहीलाई अन्यत्र डाइभर्ट गरिएको थियो।
Facebook Comments