ठूलो दलको हैसियतमा एमालेका सरोजकुमार यादव बने मधेशको मुख्यमन्त्री
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २४ गते २३:२३
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
प्रदेश प्रमुख भण्डारीले आइतबार नै यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सोमबार बिहान मात्र सार्वजनिक भएको हो । मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको शनिबार पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी छिन् ।
Facebook Comments