मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक–एकजना मन्त्री नियुक्त
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २४ गते ००:४७
काठमाडौं । मधेश प्रदेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ । सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता सरोज कुमार यादवले अन्य तीन मन्त्री नियुक्त गरेका छन्।
एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका हुन्। उनीहरुलाई मन्त्रालय भने तोकिएको छैन । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासको पानस होटलमै शपथ गराएकी छन्। मधेस प्रदेश सभामा संघीय समाजवादी र राप्रपाको एक–एक जना सांसद छन्।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा आज बिहान एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि मुख्यमन्त्री जितेन्द्र सोनलले गएको शनिबार पदबाट राजीनामा दिएका थिए।

Facebook Comments